काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।
आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।
आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै छन् ।