काठमाडौँ । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेक हो सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
लिग चरणमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ ।
लिग चरणमा शीर्ष दुईमा रहने टोलीले २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । लिग चरणमा तेस्रो र चौथो भएका टोलीबिच २४ गते एलिमिनेटर हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल हुनेछ ।
