काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमार्फत् अवैध रूपमा इलेक्ट्रोनिक सुर्टिङ चुरोट (भेप) आयात, बिक्री वितरण तथा कारोबारमा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध अभियोग पत्र दायर गरेको छ।
विभागका अनुसार बाँके, सुर्खेत र हुम्ला जिल्लाका विभिन्न स्थानका व्यक्तिहरूले राजस्व छल्दै भारतबाट अवैध रूपमा चुरोट भित्र्याउने, गोदाममा राख्ने र बिक्री वितरण गर्ने कार्य गर्दै आएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका-३ का छिरिङ तामाङ, मुगु जिल्ला मुगुम कार्मारोंग गाउँपालिका-५ का बुढाबहादुर रावत, सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका-५ का भूमि रोकाया, बाँके जिल्ला होलिया गाउँपालिका-३ का प्रमोद लामा, सुर्खेत जिल्ला भेरीगंगा-९ का छिरिङ लामा र काठमाडौँ जिल्ला टोखा नगरपालिका-६ का कुञ्जराज हमाल रहेका छन्।
