रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु. नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु. नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु. नौ अर्ब २८ करोड ६७ लाख २० हजार संकलन भएको छ ।
जेन जेड आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।