काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ ।
विगतका दिनहरूमा वर्षायाममा मात्रै देखिने डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म पनि घटेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय ६८ पुगेको छ ।
ईडीसीडीको तथ्यांक अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ६ सय ४९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने त्यसपछि गण्डकीमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९५, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४ र मधेश प्रदेशमा १ सय ३९ जनामा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ ।