काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले छलफल गरेका छन् ।
छठपछि प्रसाईँले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज आइतबार प्रसाईँलाई बोलाएर छलफल गरिएको बताइएको छ ।
छलफलमा तीनै जिल्लाका सिडिओहरू र तीनै जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थित रहेको थियो । प्रसाईँले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरूमा प्रसारित विषयमा पनि छलफल छ ।
यसका साथै प्रसाईँले गर्ने भनिएको आन्दोलनबारे प्रसाईँले भने अहिले त्यस्तो कुनै कार्यक्रम नरहेको बताएको स्रोतको भनाई छ ।