काठमाडौँ । नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरूले जेनजी रेडफोर्स गठन गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेनजी रेडफोर्स अघि बढिसकेको जनाएका हुन् ।
पत्रकार सम्मेलनमा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिइन् ।
भ्रष्टाचार विरोधी अभियानका लागि सबै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताइन् । तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने दाबी गरिन् ।
उनले उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायत आफूहरू एजेण्डा रहेको बताइन् । ।
तिमल्सिनाले काँग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतंकवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरूले जेनजीहरुलाई पनि आतंककारी घोषणा गर्ने खतरा रहेको आशंका गरेकी छन् ।