काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले बढेको छ । चालु आव तीन महिना (साउन-असोज) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।
भन्सार विभागका अनुसार गत आव पहिलो त्रैमासमा १ सय १३.५ किलो सुन आयात भएको थियो । तर, चालु आव पहिलो त्रैमासमा ६ सय १ किलो काँचो र करिब ५ किलो सुनका गहना आयात भएको हो ।
गत वर्षको तुलनामा भाउ बढेपछि लगानीकर्ताले सुनमा लगानी वृद्धि गर्दा माग बढेको हो । पछिल्लो समय बजारमा सुनको माग अधिक र आपूर्ति न्यून हुँदा अभाव बढेको थियो । बजारमा सुनको माग बढेपछि सरकारले आयात कोटा समेत बढाएको छ ।