काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले दुर्घटनामा परेर ७ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन् भने १० घाइते भएका छन् । ।
मृतकको पहिचान खुलेको छैन । थप विवरण आउन बाँकी छ ।