काठमाडौँ । पृथ्वी राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढेको छ ।
मुग्लिन-आँबुखैरनी सडकको साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएको हुनाले सवारीसाधन साधनहरूको चाप अत्यधिक भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
उक्त सडकमा सवारी चापका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम भएको छ ।
सवारी चापका कारण कुरिनटारसम्म पनि सडक जाम भएको छ ।
पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।