
गोरखा, आरुघाट — लक्ष्मी पूजाको अवसरमा आज आरुघाट गाउँपालिका–१० आरु आरवाङबाट सफल प्याराग्लाइडिङ उडान गरिएको छ।
प्याराग्लाइडिङका पारखी तथा आरुघाट गाउँपालिका–१० चनौटे निवासी एकबहादुर आलेले विगतदेखि नै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्दै आउनुभएको छ।
मौसमी प्रतिकूलता हुँदाहुँदै पनि आज आरु आरवाङ डाँडाबाट उडान भरिएको र फाल्पुमा सफल अवतरण गरिएको आयोजकले जानकारी दिएका छन्।
सो अवसरमा आरुघाट गाउँपालिका–१० का वडा अध्यक्ष सञ्जित श्रेष्ठ, वडा नं ५ का वडा सदस्य, तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
स्थानीय तह र समुदायको सहकार्यमा आगामी दिनमा नियमित प्याराग्लाइडिङ उडान सञ्चालन गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याइने योजना रहेको आयोजकले जनाएका छन्।