काठमाडौं । जेनजी आन्दोलनका घाइेतहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् । यसअघि सिंहदरबार प्रवेश नपाएपछि उनीहरु गेटमै बसे धर्ना बसेका थिए ।
उनीहरुले दबाब दिएपछि उनीहरुलाई भित्र छिर्न दिइएको हो । उनीहरुको करिब २४-२५ जनाको टोली छ। जेनजी घाइतेहरू २८ जनालाई नै वार्ता समावेश गर्नुपर्ने उनीहरुको माग छ ।
आफूहरुलाई बेवास्ता गरिएको भन्दै उनीहरुले पटक पटक प्रधानमन्त्री कार्कीलाई भेट्ने प्रयास गरेका थिए । जेनजीको नाममा अरुले नै आन्दोलनको मर्मविपरितका गतिविधिहरु गर्दै आएको उनीहरुको आरोप छ ।