
काठमाडौँ । कृषि विकास बैंक लि. ले कृषि कर्जाको व्याजदर घटाएको छ ।
कार्तिक १ गते देखि लागुहुने गरी कृषि पेशा /व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित गर्दै कृषि विकास बैंक लि.ले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशत घटाएको हो ।
यो व्याजदर प्रिमियम बैंकबाट प्रदान गरिने अन्य कर्जाहरु भन्दा ०.५ प्रतिशत कम हुने बैंकले दाबी गरेको छ । अब कृषि विकास बैंकले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा बेसरेटमा थप १ प्रतिशत मात्र प्रिमियम थप गरि ब्याजदर कायम हुने बैकले जनाएको छ ।
ब्याजदर घटेसँगै ब्यवसायिक कृषकले यो सेवाबाट लाभ लिने अपेक्षा गरिएको छ । यो सगैँ ब्यवसायिक कृषि पेशामा आर्कषण बढ्ने अपेक्षा गरिएको छ ।
विगत ५८ वर्ष देखी कृषि पेशामा योगदान पुर्याउदै आएको यस बैंकले प्रवाहा गरेको कर्जा मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा समेटिको छ । बैंकले हालसम्म ८०००० कृषक तथा कृषि व्यवसायीहरुलाई कर्जा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।
यसैबीच कात्तिक महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असोजको तुलनामा घटाएका छन्।