
धादिङ । बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागू औषध गाँजा करिब २ सय १९ किलो २१ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादव र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् ।
प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।