
काठमाडौँ । गत शुक्रवारको तुलनामा सुनको मूल्य रु. तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु. ४० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार रु. दुई लाख ३५ हजारमा कारोबार भएको सुन आज रु. तीन हजारले बढेर रु. दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु. तीन हजार ८५ मा खरिदबिक्री भएको आज सोही परिमाणको चाँदी रु. तीन हजार १२५ मा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।