
काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन असोज २४ (शुक्रबार) नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको जनाएको हो ।
“आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ,” विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यही असोज २० गतेका दिन सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमि भूभागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको सुरुआत भएको थियो ।