काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा दसैँको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।
घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा आठ जनाको मृत्यु र एक सय २२ जना घाइते भएका छन् ।
सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१र२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ । कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु र ३७ घाइते भएका छन् ।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु र १४ घाइते, दार्चुलामा एकको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएका छन् ।
दसैँको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।
यसैगरी दसैँको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ ।