काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
मंगलवार सामाजिक सञ्जाल एक्समार्फत उनले बाढी पहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
“यस समयमा पाकिस्तान सरकार र यहाँका जनता नेपाल सरकार र नेपालीहरूसँग उभिएका छन् ।” उनले लेखेका छन् ।