काठमाडौँ । पहिरोका कारण इलाममा मृत्यु भएकाहरूको संख्या २१ पुगेको छ । गएराति झरेको पहिरोका कारण इलामका विभिन्न स्थानमा गरेर २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
इलाममा पहिरोका कारण फसेकाहरूका लागि उद्धारका लागि हेलिकप्टर पुगेको छ। माङ्सेबुङमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । पहिरोका कारण मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएका कारण घाइतेको उपचारमा समस्या भएको छ ।