काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी पहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रह समेत गरेका हुन् ।
पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरे ।