काठमाडौँ- मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।
बुद्ध एयरले उडान पुनः निर्धारण वा रिफन्डका लागि आफ्नो ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ।