फिदिम, पाँचथर । पाँचथरको फिदिम क्षेत्रमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइतेलाई धरान पठाइएको छ भने १ जनालाई फिदिममै उपचारका लागि राखिएको छ।
प्रशासन स्रोतका अनुसार दुर्घटना स्थलमा नेपाली सेनाको उद्धार टोली पुगेको छ र उद्धार कार्य निरन्तर जारी छ। हेलिकोप्टर उद्धारका लागि कोशी प्रदेशको इटहरीमा स्ट्यान्डबाइ अवस्थामा राखिएको छ, तर दृश्यता न्यून (भिजिबिलिटी कम) भएकाले हवाई उद्धार कार्यमा चुनौती आइरहेको बताइएको छ।