काठमाडौँ । बिपी राजमार्ग अन्तर्गत खुर्कोट नजिकै डबल क्याप बोलेरो सुनकोसी नदीमा खसेको छ । बा २० च ९३१ नम्बरको बोलेरो नदीमा खसेको हो ।
बोलेरोमा १२ जना यात्रु सवार रहेको बताइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।