काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले संविधान संशोधनको विषय अन्तरिम सरकारको कार्यक्षेत्रमा नपर्ने बताएकी छन् । २१ फागुनमा हुन लागेको निर्वाचनमा विदेशबाट पनि मतदान गर्न सक्नेबारे छलफल भइरहेको उनको भनाइ छ।