
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरूमा छलफल हुनेछ ।
जेन जेड विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।