काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्।
सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्ने क्रममा उनले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए। यसै क्रममा उनले सचिवलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
मन्त्रालयका अनुसार पुनका लागि केशर महलमै बस्ने व्यवस्था मिलाइएको छ। सिंहदरवारभित्र रहेको शिक्षा मन्त्रालय जेन जेड आन्दोलनका क्रममा जलेपछि हाल केशर महलबाट सञ्चालन हुँदै आएको छ।
वैज्ञानिक पृष्ठभूमिका पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएकाले अब उनले मन्त्रालयमै बसेर काम गर्ने भएका हुन् ।