काठमाडौँ । दसैँ अवधिभर बिपी राजमार्गसहित अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचनामार्फत आगामी असोज २२ गतेसम्मको लागि दुवै सडक खण्डमा टिपरको सञ्चालनमा रोक लगाएको जनाकारी दिएको हो ।
सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र नागरिकको आवागमनलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा रोक लगाइएकोजिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
