काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ ।
आईरिस सिस्टम जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो ।
योसँगै अबदेखि तालिम नलिई वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम नदिई गएको खण्डमा तत्काल पत्ता लाग्ने विभागले जनाएको छ । विभागले राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीसँग आईरिसको अभिलेख प्रणाली जोडिएको बताएको छ ।
अबदेखि वैदेशिक रोजगारका तालिम, ओरिएन्टेसन र अभिलेखमा फिंगरप्रिन्ट र आइरिस डाटामार्फत अनिवार्य प्रमाणीकरण हुने व्यवस्था गरिएको छ ।
विभागले २०८१ असोज ११ गते नै सार्वजनिक सूचना जारी गर्दै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूलाई अनिवार्य रूपमा फेस टाइम एण्ड आईरिस रिकोग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार व्यवसायीहरूले आँखाको रेटिना पढ्ने आईसिस सिस्टम जडान गरेका थिए ।