काठमाडौँ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ।
आजको बैठकमा आधा दर्जनभन्दा बढी अर्थ मन्त्रालयसम्बन्धी प्रस्तावहरू छलफलमा छन् भने अन्य नियमित प्रस्तावहरूमा पनि छलफल र निर्णय हुने प्रशासन सिंहदरवार ब्युरोले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार, बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्ति गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ।
त्यस्तै, बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालयमा सार्ने निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ।