
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको बताएका छन् ।
शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै घटनाप्रति दुःख व्यक्त गरे ।
उनले हरेक पुस्ताको सक्रियताले लोकतन्त्र बलियो हुने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘म पनि १७ वर्षको उमेरमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिए । परिस्थितिले मलाई २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र राजनीतिक रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।’
उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे । उनले अहिलेको अन्तरिम सरकारले ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने बताए ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री बनाउन कुनै सम्भावना नभएपछि आम सहमतिमै संसद विघटन गरेको बताए ।