
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।
पार्टी प्रवक्ता मनिष झालेले भने, ‘पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय बैठकले लिन्छ।’
फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिन तयारी छ।