
काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रूपमा मनाउने भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाका केन्द्रिय सचिवालय संयोजक डा. शिवजी यादवले एक विज्ञप्ति जारी गर्दै सो नयाँ संविधान २०७२ जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने निर्णय भएको जनाएको हो ।
मोर्चाले सोही सामूहिक रूपमै कालोपट्टि बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेका छ ।
डा. यादवद्वारा जारी सो विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्त एकतर्फी रूपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।