
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ ।
रास्वपाले आफ्ना नाम र पार्टीसँग सम्बद्ध व्यक्तिहरूको नाम लिँदै निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर, त्रास र धम्कीपूर्ण टेलिफोन मेसेज पठाइएको जानकारी पार्टीमा आएको जनाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै यस्ता गतिविधि अत्यन्त गम्भीर रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै, संलग्न जो कोहीमाथि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’