
काठमाडौं– जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुखको बर्दी लगेर लगाउने युवकलाई पक्राउ गरिएको छ।
उनको नाम खुलाइएको छैन। उनले पोखरामा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) श्यामबाबु ओलियाको बर्दी लगाएका थिए।
पक्राउ परेका उनलाई कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि प्रहरीले केही बताएको छैन। २४ भदौमा ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए।