
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई दिएका छन् ।
मंगलबार दिउँसो फेसबुक अकाउन्टबाटै शाक्यले विभागीय मन्त्रालयको जिम्मेवारी पाएका घिसिङलाई बधाई दिएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले फेसबुकमा लेखेका छन्, ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।’
मन्त्री बनेका घिसिङलाई कार्यकाल सफलताको शुभकामना दिँदै शाक्यले भनेका छन्, ‘ सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’