
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको सङ्ख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।
उनले अब बन्ने मन्त्रीहरू पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।
‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उनले भनिन् ।
उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।
‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरूलाई ल्याउँछौँ त्यस्ता मान्छे खोजिइरहेको छ’ उनले भनेकी छन् ।
राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषदमा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उनले बताइन् ।