
काठमाडौँ। सरकारले जेन जेड प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताए । सकेसम्म पूर्वन्यायाधिश नै आयोगको संयोजक हुने गरी अघि बढ्ने आशा उनले व्यक्त गरेका छन् ।