
काठमाडौँ- पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो ।
यसबारे नेप्सेलाई सूचना पठाइने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।
भदौ २३ र २४ गते राजधानी काठमाडौँसहित देशका सहरहरूमा जेन जेड प्रदर्शनका नाममा भएको विध्वंसपछि २४ गतेयता बजार बन्द गरिएको थियो ।