काठमाडौँ- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरूसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।
‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने,’क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’
उनले अहिले मुलुकलाई दीर्घकालीन रूपमा सही बाटोमा लैजानुपर्ने बताए ।
उनले अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरू नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताएका छन् ।