
काठमाडौँ । पाकिस्तानको अस्थिर उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडप हुँदा १९ जना सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाका अनुसार, सेप्टेम्बर १० देखि १३ सम्म खैबर पख्तुनख्वाका तीन फरक–फरक स्थानमा भएका झडपमा कम्तीमा ४५ ‘आतंककारी’ मारिएका हुन् । प्रधानमन्त्री शेहबाज सरिफले सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरसँग उक्त क्षेत्रको भ्रमण गरी आतंकवादविरोधी कारबाहीबारे उच्चस्तरीय बैठक गरेका थिए ।
खैबर पख्तुनख्वामा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)का ४५ आतंककारी मारिएका सेनाले जनाएको छ ।
सुरक्षा बलले बाजौर जिल्लामा गुप्तचर सूचनाका आधारमा अभियान चलाएको र भीषण गोलीबारीमा टीटीपीका २२ आतंककारी मारिएका थिए । दक्षिणी वजिरिस्तान जिल्लामा भएको अर्को झडपमा १३ टीटीपी आतंककारी मारिए । त्यहाँ १२ सैनिकको मृत्यु भएको थियो । सेनाले भीषण गोलीबारीमा त्यहाँ कम्तीमा सात सैनिक र १० आतंककारी मारिएको जनाएको छ ।