
काठमाडौं – ललितपुर र भक्तपुरले निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिइएको जनाएका छन् ।
जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फफ्र्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम ललितपुर जिल्लाभर कफ्र्यु जारी गरिएको जिल्ला प्रसाशन कार्यालय ललितपुर र भक्तपुरले जनाएका छन् ।
आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइनेछ ।
काठमाडौंमा नेपाली सेनाले लगाएको कफ्र्यु र निषेधाज्ञाको समय सकिएको छ । जिल्ला प्रशासन कार्यालयले भने बिहान साढे ९ बजेसम्म कुनै सूचना जारी गरेको छैन ।