
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । जेन जेडले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।
शनिबार बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् ।
जनजीवन सहज हुँदै गएपछि पसलहरू खुल्न थालेका छन् ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन जेड पुस्ताको मागअनुरूप पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।