
काठमाडौं- संसद विघटन गरेर अन्तरिम सरकारको प्रमुखमा सुशिला कार्कीलाई नियुक्त गर्ने सहमति भएको छ । आजै सुशिलालाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।
यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।