
काठमाडौं– सपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार साँझ शीतलनिवासमा संविधान विघटन गर्ने विषयमा सहमति भएसँगै अन्तरिम सरकार बन्ने निश्चित भएको हो ।
राष्ट्रपति पौडेल, जेनजी प्रतिनिधि सुदन गुरुङ, प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की, प्रधान सेनापति अशोकराज सिग्देलसहितको बैठकमा यो सहमति भयो। यो सहमतिसँगै अब कार्की चुनाव गराउनेसहितका विभिन्न जिम्मेवारीसहित प्रधानमन्त्री भएकी छन्। कार्कीले आजै बेलुका ९ बजे शपथ लिने छिन् ।