
काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् ।
जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् ।
जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।
त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।
तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् । हर्क साम्पाङ अहिले जङ्गी अड्डाबाट निस्किएका छन् ।