
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।
आज सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको आज २५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला २५ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।