
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई दिनका लागि बन्द हुने भएको छ। नेप्सेले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी भदौ २५ र २६ गते दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको जानकारी दिएको हो ।
वर्तमान विपतपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न गरिएको अनुरोधलाई सम्बोधन गर्दै यो निर्णय गरिएको नेप्सेले जनाएको छ।