
काठमाडौं– जेनजी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अबको राजनीतिक एजेन्डाको बहस सुरु भएको छ।
अबको राजनीतिक एजेन्डा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको विघटन गरी गैरराजनीतिक संलग्नताको चुनावी सरकार हुनुपर्ने सुझाव आएको छ।
काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि यहि सुझाव पेश गरेका छन्। उनले अबको राजनीतिक एजेन्डा नै संसद विघटन र नेतृत्व जेनजी पुस्ताको हुनुपर्ने बालेनको राय रहेको छ।