
काठमाडौँ- सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।
उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन्।
कलाकार मनोज गजुरेलसहितका कलाकारहरु पनि सडकमा देखिएका छन्। उनीहरु घाइतेहरुको अवस्था बुझ्न विभिन्न अस्पताल भ्रमण गर्ने तयारीमा छन्।
हाल उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवन अगाडि पुगेका छन्।