
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।